बीपी प्रतिष्ठानको कार्यकारिणी समिति बैठक बोलाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई तत्काल कार्यकारिणी समितिको बैठक बोलाउन निर्देशन दिएका छन् ।

उनले प्रतिष्ठानका उपकुलपति डा प्रह्लाद कार्कीलाई आज आफ्नो कार्यकक्ष सिंहदरबारमा बोलाएर समितिको बैठक बोलाउन निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले उपकुलपति डा कार्कीलाई भने, ‘तपाईंले पदाधिकारीलाई काठमाडौँ नबोलाउनूस्, तपाईं धरान जानूस्, कार्यकारिणी समितिको बैठक बोलाउनूस, अन्तर्वार्ताको मिति तोक्नुहोस र नियमावली संशोधनको प्रस्ताव सिनेटमा लैजाने निर्णय गर्नूस् ।’

यसैबीच, प्रधानमन्त्रीले सहकुलपति तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतलाई फोन गरेर आजैका मितिले कानुनअनुसार २१ दिनको समय राखेर सिनेटको मिति तोक्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री दाहालले यही माघ २ गते नै स्वास्थ्यमन्त्री बस्नेतलाई बोलाएर बिपी प्रतिष्ठानका शिक्षक, कर्मचारी र चिकित्सकका आवाज सुनेर समस्या समाधान गर्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 6 =