राम मन्दिरको प्राणप्रतिष्ठाको पूर्वसन्ध्यामा धनुषा र महोत्तरीमा ‘शोभायात्रा’
२०८० माघ ७ गते

काठमाडौँ । भारतको अयोध्यामा उद्घाटन हुन लागेको राम मन्दिरको प्राणप्रतिष्ठाको पूर्वसन्ध्यामा धनुषा, महोत्तरी लगायतका जिल्लाहरूमा सांस्कृतिक झाँकीसहितको शोभायात्रा निकालिएको छ ।
आइतबार महोत्तरीको जलेश्वर र धनुषाको जनकपुरधाममा सांस्कृतिक बाजागाजासहितको र्याली निकालिएको हो ।

र्यालीमा सहभागीहरूले हिन्दु धर्मावलम्वीहरुका लागि यो क्षण खुसीमय रहेको बताए । उनीहरुले नगर परिक्रमा गर्दै कलशयात्रा समेत गरेका छन् ।
भगवान रामको जन्मस्थल मानिने भारतको अयोध्यामा भव्य राम मन्दिर बनाइएको छ ।
नेपालभरका पाँच हजार मन्दिरहरूमा सोमवार मध्यान्ह १२ बजेदेखि १ बजेसम्म सत्सङ्ग भजन कीर्तन गर्ने, विजय महामन्त्र जप, आरती तथा प्रसाद वितरण अनि साँझ सबै हिन्दुहरूले दीप उत्सव गर्न गर्न आह्वान गरिएको छ ।

२०८० माघ ७ गते
प्रतिक्रिया
सम्बन्धित








