टर्कीद्वारा इन्टरपोलले खोजेका कजाकस्तानी नागरिक पक्राउ
२०८० माघ ७ गते

एजेन्सी । टर्कीका सुरक्षा बलले अन्तर्राष्ट्रिय संगठित अपराध सिन्डिकेट जुवा खेल्ने र भ्रष्टाचार गर्न सहयोग पु-याउनेको आरोपमा इन्टरपोलले खोजेका कजाख नागरिकलाई पक्राउ गरेको छ । उक्त व्यक्ति कजाकस्तानमा धेरै अन्तर्राष्ट्रिय अपराधमा संलग्न रहेको बताइएको छ ।
इज्मिरको सार्वजनिक अभियोजकको कार्यालय र अपराध बिरोधी एजेन्सीहरूको टोलीले गरेको संयुक्त अनुसन्धानमा उनलाई पक्राउ गरिएको थियो । प्रहरीले दुई स्थानमा छापा मारेर इज्मिरमा कजाख नागरिकलाई पक्राउ गरेको बताएको छ । टर्कीका अधिकारीहरूले कजाख नागरिकलाई उसको गृह देश फिर्ता पठाउने व्यवस्था गरेका छन् ।
२०८० माघ ७ गते
प्रतिक्रिया
सम्बन्धित








