७ वर्षीया बालिकालाई बलात्कार गर्ने ३५ वर्षीय प्रेमबहादुर पक्राउ
२०८० माघ ६ गते

काठमाडौं । बाँकेमा ७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका– ५ जिगाउँ बस्ने ३५ वर्षीय प्रेमबहादुर रावत छन् ।
उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
रावतले ती बालिकालाई गत पुस २५ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी बिट न्युसिटीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२०८० माघ ६ गते
प्रतिक्रिया
सम्बन्धित








