सक्खर र जुजुधौको आधिकारिकता लिँदै सरकार

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जुजुधौ, सुन्तला र सख्खरको भौगोलिक संकेत प्राप्त गर्न प्रक्रिया शुरु गरेको छ। कृषि मन्त्रालय अन्तर्गतको राष्ट्रिय जिन बैङ्कले प्रक्रिया शुरु गरिसकेको छ।

सुन्तलाबारे अध्ययन गरी त्यसको प्रमाणसहितको प्रस्ताव कृषि मन्त्रालयमा पठाइसकेको छ। कृषि मन्त्रालयले अध्ययन गरी राष्ट्रिय फल घोषणा गर्ने तयारी गरिरहेको बताइएको छ। जुजुधौ र सख्खरमा एकाधिकारका लागि पनि भौगोलिक संकेत लिनका लागि प्रक्रिया शुरु भएको जिन बैंकका अधिकारी आरपी मैनालीले बताए । जुजुधौ र सख्खर नेपालीको आधिकारिक खाद्यवस्तु हो, त्यसको भौगोलिक संकेत (जीआई ट्याग) लिई हाल्नुपर्ने भनी नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा प्रस्ताव गरिसकेको बताउँदै उनले नार्कमार्फत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले त्यसका लागि बजेट पनि दिइसकेको जानकारी दिए।

यसको अध्ययनका लागि छिटै नै विज्ञ समूह तयार गर्ने बताउँदै उनले छिटो गरिएन भने अरूले देशले यसको आधिकारिता लैजाने सम्भावना रहेको बताए। गुन्द्रुक नेपालको आधिकारिक हो, यसका आफ्नै इतिहास छ भन्दै अध्ययन गरी भौगोलिक सङ्केतका लागि प्रयास गरिरहँदा अमेरिकाले लिइसकेको जिन बैंकले जनाएको छ । त्यस्तै बासमती धानको नेपालको हो, यसको इतिहास हेर्ने हो भने उत्पत्ति नै नेपालबाट भएको हो। नेपालमा यसको इतिहास २५ सय वर्ष पुरानो रहेको छ तर त्यसमा नेपालको पहल नपुगेका कारण भारतले यसको आधिकारिकता लगेको अधिकारी मैनालीले जानकारी दिए।

भौगोलिक संकेत लिनका लागि नेपालमा निश्चित नीति छैन । यसको प्रव्रिmया पूरा गर्दागर्दै अरू देशले लिएर जाने गरेको जिन बैंकको गुनासो छ । नेपालमा धेरै यस्ता वस्तु छन्, जसमा नेपालको एकाधिकार तर सरकारले त्यसमा चासो नदिएका कारण गुम्ने खतरा रहेको नार्कका अधिकारीहरू बताउँछन् । जुम्ली थाली, गुज्मुजे रायो, पोखरेली बदाम, जुम्ली मार्सी, फर्पिङ नासपाती, तोम्बा, जुम्ली सिमी, अकबरे खुर्सानी, कुभिण्डो, फर्सी, मनकामनाको सुन्तला, इलामको चिया, गाँजा, मुढे आलुलगायतको पनि भौगोलिक संकेत लिइहाल्नुपर्ने सुझाव नार्कका अधिकारीहरूले दिएका छन् । –गोरखापत्र दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *