रुसमा मारिएका नेपालीको शव ल्याउन नसक्नु लज्जाको विषय
२०८० माघ ६ गते

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले रुस-युक्रेन युद्धमा मारिएका नेपालीको शव स्वदेश ल्याउन नसक्नु लज्जाको विषय भएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।
डा. भट्टराईले भनेका छन्, ‘रोजगारीको खोजीमा हाम्रा युवाहरू रुस-यूक्रेन जस्ता युद्धग्रस्त क्षेत्रमा पुगेर दर्जनौँको सङ्ख्यामा मारिनु र उनीहरूको लाससम्म देशमा ल्याउन नसक्नु ठुलो राष्ट्रिय लज्जा र चिन्ताको विषय हो ।’
देशमै रोजगारी सिर्जना गर्नुपर्ने उनको भनाई छ । ‘सरकार बाह्र सत्ताइसका कुरा गरेर बस्नु र आफ्नू अनुहार हेरेर आफै रमाएर बस्नु भन्दा एक-सूत्रीय रूपमा देशमै युवाहरूलाई सम्मानजनक र आयमूलक रोजगारी सिर्जना गर्न लागी परोस्। नत्र समयले कसैलाई पर्खनेछैन,’ डा भट्टराईले भनेका छन् ।
२०८० माघ ६ गते
प्रतिक्रिया
सम्बन्धित








