व्यावसायिक तालिम तथा सांस्कृतिक केन्द्रको उद्घाटन

कतारले नेपालको आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको छ : सुरेन्द्रराज आचार्य

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले मित्र राष्ट्र कतारसँग नेपालको गहिरो सम्बन्ध रहेको बताएका छन् ।

रोजगारीको सिलसिलामा त्यहाँ पुगेका नेपालीहरूका कारण पनि दुई मुलुकबीचको सम्बन्धमा समुदायस्तरमै प्रगाढ रहेको मन्त्री आचार्यको भनाई थियो ।

शुक्रवार काठमाडौंको महाराजगञ्जमा निर्माण गरिएको अल–हैल व्यावसायिक तालिम तथा सांस्कृतिक केन्द्र भवनको उद्घाटन समारोहमा बोल्दै उनले कतार सरकार र त्यहाँको कतार च्यारिटीले नेपालको आर्थिक तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा समेत गरे ।’

हालसालै तराईका जिल्लाहरूमा कतार च्यारिटीले वितरण गरेको न्यानो कपडाको प्रसङ्ग उल्लेख गर्दै मन्त्री आचार्यले कतारले नेपालका गरिब जनताको हितमा बलियो साथ दिइरहेको बताए ।

उनले भने ‘कतारसँग हाम्रो गहिरो सम्बन्ध रहेको छ । हाम्रा साँढे ६ लाख नेपाली दिदीलाई, दाजु बहिनी रोजगारीको सिलसिलामा कतारमा पुगेका छन । यस कुराले पनि समूदायसमूदायबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै लगेको छ । वास्तवमा कतार च्यारिटीले नेपालको विभिन्न भागमा नेपाली जनतालाई जुन ठूलो सहयोग पुर्याएको छ । त्यसको म मुक्तकण्ठले प्रशंसा पनि गर्न चाहन्छु । कतार च्यारिटी जस्तो एउटा पवित्र संस्था छ । जसले निःस्वार्थ भावनाले नेपालका हरेक सामाजिक, आर्थिक क्षेत्रमा ठूलो टेवा पुर्याएको पनि छ । भर्खर मात्र तराईका विभिन्न चिसो ठाउँहरूमा पनि कतारले त्यहाँका गरिब जनताहरूलाई न्यानो कपडा वितरण गरेर म भर्खर अहिले हिजो मात्रै फर्केको छु । र मैले देखेँ–उहाँहरुले प्रदान गरेका सामानहरू अत्यन्तै राम्रा छन् । र गुणस्तरीय पनि छन् । र त्यस्तै अन्य क्षेत्रमा पनि कतार च्यारिटीले यस्ता सामुदायिक भवन, विभिन्न तालिम गर्न मिल्ने भवनहरू जुन ठाउँठाउँमा बनाई दिएको छ । यसले नेपाली जनतालाई एउटा सीप सिक्नका निमित्त यहाँका महिलाहरूलाई, यहाँका बेरोजगार युवाहरूलाई सीप सिकेर कम्तीमा आत्मनिर्भर बन्नका निम्ति पनि यसले ठूलो योगदान पुर्याउँछ । र आज यो भवन जुन बनेको छ । यो भवनलाई संरक्षण संवर्द्धन गर्दै यसले प्रदान गर्ने सेवाहरूले आम नेपाली नागरिकहरूलाई बढी भन्दा बढी सेवा पु¥याओस् भन्ने पनि म कामना गर्न चाहन्छु ।’

मन्त्री आचार्यले विभिन्न व्यावसायिक तालिम दिने प्रयोजनका लागि निर्माण गरिएको सो भवनले नेपाली युवाहरूलाई सीप सिकेर आत्मनिर्भर बन्नका लागि ठूलो योगदान पु¥याउने विश्वास समेत व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 16 =