मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी ३२ वर्षपछि पक्राउ

काठमाडौँ । मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी धादिङ मेत्रावती गाउँपालिका–२ स्थायी वतन भएका ५७ वर्षीय वीर बहादुर तामाङलाई बुधवार प्रहरीले पक्राउ गरेको छ ।

पीडितलाई ब्रुनाई पठाईदिने भन्दै झुक्क्याई २०४७ चैत ३ गते काठमाडौँबाट काकरभिट्टा हुँदै पश्चिम बंगालको बागडोग्रा भन्ने स्थानमा पुर्याएका थिए ।

भारतीय नागरिकलाई बेचबिखन गरेको कसुरमा संलग्न रही फरार रहेका उनलाई मानव बेचबिखन अनुसन्धान
व्यरो बबरमहलबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका–१४ तिखेदेवलबाट पक्राउ गरेको हो ।

उनले पीडितको श्रीमान् ब्रुनाईमा रोजगारीमा रहेको बेलामा श्रीमानले ब्रुनाई ल्याइदिनु भनी मलाई चिठ्ठी पठाएका छन भनी झुक्क्याई काठमाडौंबाट काकरभिट्टा हुँदै भारतको पश्चिम बंगालस्थित बागडोग्रा भन्ने सहरमा पुर्याएका थिए ।

उनले त्यसपछि भारतीय नागरिकहरूबाट भारतीय रुपैयाँ १० हजार लिई पीडितलाई अनजान व्यक्तिको घरमा अपरिचित भारतीय नागरिकहरूको जिम्मामा छोडी बेचबिखन गरेका थिए ।

भारतीय नागरिकहरूले पीडितलाई रिक्सामा राखी लैजाने क्रममा पीडित रिक्साबाट हाम फाली भारतीय प्रहरीको सम्पर्कमा गएपश्चात् उनीहरुले काकरभिट्टा ल्याई छोड्दिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

घटनामा संलग्न अन्य व्यक्तिको खोजी गर्नुका साथै प्रहरीले उनी उपर जिल्ला अदालत काठमाडौंबाट ३ दिन म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + two =