२०२३ मा अर्थतन्त्रमा टर्की एयरलाइन्सको योगदान ५६ अर्ब अमेरिकी डलर : एर्दोगान

एजेन्सी । टर्कीको राष्ट्रिय झण्डावाहक, टर्किस एयरलाइन्स (टिएचआई)ले २०२३ मा देशको अर्थतन्त्रमा ५६ बिलियन अमेरिकी डलर बराबरको योगदान गरेको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बिहीबार यसबारेमा जानकारी गराएका हुन् ।

उनले टर्किस एयरलाइन्स टर्कीको सबैभन्दा मूल्यवान ब्राण्ड मात्र नभइ देशको अर्थतन्त्रमा ठूलो योगदान दिएको बताए । सन् २०२३ को तथ्याङ्कअनुसार टर्किस एयरलाइन्सले टर्कीको अर्थतन्त्रमा ५६ अर्ब डलर योगदान गरेको छ र करिव १६ अर्ब डलरको सेवा निर्यात गरेर यस क्षेत्रमा आफ्नो नेतृत्वलाई बलियो बनाएको छ । कम्पनीको सफलताले पर्यटन क्षेत्रलाई बढावा दिने उनको भनाई छ ।

टर्कीमा भ्रमण गर्ने पर्यटकहरूको संख्या बढाउनमा सबैभन्दा महत्वपूर्ण ड्राइभिङ्ग फोर्सहरू मध्ये एक भएको उनले बताए । आधिकारिक तथ्याङ्क नुसार सन् २०२३ को पहिलो ११ महिनामा टर्कीमा आउने विदेशी पर्यटकको संख्या ५ करोड १० लाख पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + ten =