एसियन कपमा भारतको लगातार दोस्रो हार
२०८० माघ ४ गते

एसियन कपमा भारत लगातार दोस्रो खेलमा पराजित भएको छ।बिहीबार कतारको अहमेद बिन अली रंगशालामा भएको खेलमा भारतलाई उज्वेकिस्तानले ३–० गोलले हरायो। भारतविरुद्ध उज्वेकिस्तानले तीनै गोल पहिलो हाफमा गरेको थियो।
खेलको चौथो मिनेटमा अबोसबेकले उज्वेकिस्तानलाई सुरुवाती अग्रता दिलाए।१८ मिनेटमा इगोर सेर्जिवले अग्रता दोब्बर पार्दा पहिलो हाफको इन्जुरी समयमा शेर्जोले उज्वेकिस्तानका लागि तेस्रो गोल गरे।
यसअघि पहिलो खेलमा भारत अस्ट्रेलियासँग २(० ले पराजित भएको थियो। अब भारतले समूहको अन्तिम खेल सिरियासँग खेल्नेछ।
२०८० माघ ४ गते
प्रतिक्रिया
सम्बन्धित








