भीड नियन्त्रणमा घातक हतियार प्रयोग बारे सर्वोच्चले माग्यो सरकारसँग जबाफ

भीड नियन्त्रणमा घातक हतियार प्रयोगमा रोक लगाउन माग गरिएको रिटमा सर्वोच्च अदालतले सरकारसँग जबाफ मागेको छ।

बिहीबार सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै सरकारसँग लिखित जबाफ माग गरेको हो।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बुधबार सर्वोच्च अदालतमा प्रहरीले भीड नियन्त्रणका लागि घातक हतियार प्रयोग गर्दा निर्दोष नागरिकहरूको मृत्यु हुने गरेको भन्दै रिट दायर गरेका थिए।

उनले भीड नियन्त्रणका लागि घातक हतियार प्रयोगमा रोक लगाउन र प्रहरीलाइृ अन्य उपकरण तथा तालिम दिन माग गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =