बिष्फोटमा परी ओयोका २ जनाको मृत्यु, दर्जनौँ घाइते
२०८० माघ ४ गते

काठमाडौं । नाइजेरियाको दक्षिणपश्चिमी राज्य ओयोको एक आवासीय क्षेत्रमा भएको बिष्फोटमा कम्तिमा दुई जनाको मृत्यु हुनुका साथै अन्य दर्जनौं घाइते भएका छन् ।
राज्यका गभर्नर सेई माकिन्देले यसबारेमा जानकारी दिनुभएको हो ।
बिष्फोटमा घाइते भएका ७७ जनालाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको बताइएको छ ।
ओयोको राजधानी इबादान जिल्लाको बोडिजामा रहेको एक निजी निवासमा बिष्फोट भएको थियो ।
बोडिजाको एउटा घरमा गैरकानूनी रुपमा बिष्फोटक उपकरणहरू भण्डारण गरेका थिए । स्था
नीय सञ्चारमाध्यमका अनुसार बिष्फोटका कारण धेरै भवनहरु ध्वस्त भएका छन् ।
२०८० माघ ४ गते
प्रतिक्रिया
सम्बन्धित








