केपी प्रान्तमा ग्यास बिस्फोट हुँदा २० जना घाइते

काठमाडौं । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा ग्यास सिलिण्डर बिस्फोट हुँदा कम्तीमा २० जना घाइते भएका छन् ।

केपीको प्रान्तीय राजधानी शहर पेशावरको रिङ रोड क्षेत्र नजिकै एउटा ग्यास सिलिण्डर पसलमा बिस्फोट भएको प्रहरीले बताएको छ ।

बिष्फोटको कारण भने खुल्न नसकेको बताउँदै प्रहरीले बिस्फोटबारे अनुसन्धान शुरु गरेको बताएको छ ।

घटनालगत्तै उद्धार र प्रहरी टोली घटनास्थलमा पुगेर घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ ।

स्थानीय सञ्चारमाध्यमकाअनुसार घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =