त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा सशस्त्र प्रहरी परिचालन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । विमानस्थलको भन्सार चेकजाँचमा सोमबारदेखि सशस्त्र प्रहरी पनि संलग्न हुन थालेको हो।
विमानस्थल भन्सार जाँच र यात्रु जाँच कक्षमा अहिले सशस्त्र प्हरी पनि रहने भएको हो। त्यसका लागि सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३० जनाको टोली खटाइएको सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले बताए।
यसअघि भन्सारकै कर्मचारीको मिलेमतोमा समेत सुन तस्करी भएको थियो। पटक पटक कर्मचारीबाट लापरबाहि भएको पाइएपछि सशस्त्र प्रहरीलाई पनि राख्न सरकारले निर्णय गरेको हो।
यसअघि भएको १४ किलो सुन तस्करीमा पनि विमानस्थलका कर्मचारीको संलग्नता देखिएको थियो। उनीहरुले कर्मचारीकै मिलेमतोमा १३८ किलो सुन तस्करी गरिसकेको खुलेको थियाे।
त्यसपछि सशस्त्र प्हरीलाई त्यहाँ परिचालन गर्न गृह मन्त्रालय र अर्थ मन्त्रालय तयार भएका हुन्।








