जयनगर जाँदै गरेको रेलभित्रै लडेर एक यात्रुको मृत्यु
२०८० माघ २ गते

जनकपुरधाम । भंगहा–जयनगर रेलभित्रै अचानक लडेर एक यात्रुको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महोत्तरीको लोहरपट्टी नगरपालिका– ४ खुट्टापिपराढीका अन्दाजी ५० वर्षीय रामएकवाल पण्डित रहेका धनुषा प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।
उनका अनुसार आज बिहान ८ बजे महोत्तरीको भंगहाबाट जयनगर तर्फ जान लागेको रेलमा पण्डित लोहारपट्टीबाट चढेका थिए । टीटी (रेल कण्डक्टर)ले टिकट चेक गर्न जाँदा अचानक रेलको डिब्बाभित्र लडेर उनको मृत्यु भएको जानकारीमा आएको डीएसपी अवाले बताए ।
मृतक पण्डितको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान गरिरहेको डीएसपी अवाले बताए ।
२०८० माघ २ गते
प्रतिक्रिया
सम्बन्धित








