पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। आज (सोमबार) रातिबाट लागू हुने गरी प्रतिलिटर एक रुपैयाँका दरले मूल्य घटाएको छ ।

मूल्य घटेपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय ६६ रुपैयाँ र डिजेल तथा मट्टितेल समान एक सय ५६ रुपैयाँ प्रतिलिटर निर्धारण भएको छ।

इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट पेट्रोल १.२६ रुपैयाँ र डिजेल ०.८३ रुपैयाँ प्रतिलिटर घटेर आएकाले नेपाली बजारमा मूल्य समायोजन गरिएको प्रवक्ता मनोज ठाकुरले जानकारी दिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − one =