पश्चिमी अफगानिस्तानमा आत्मघाती आक्रमण

काठमाडौं । अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा भएको आत्मघाती आक्रमणमा आक्रमणकारी मारिएको बताइएको छ ।

प्रान्तगभर्नरको कार्यालयलाई लक्षित गरी आत्मघाती बम हमला गर्ने प्रयासलाई सुरक्षा बलले असफल बनाएको हो । आक्रमणमा केही आक्रमणकारी मारिएको दाबी गरिएको छ ।

तीन सुरक्षाकर्मी घाइते भएको गृह मन्त्रालयले जनाएको छ । युद्धग्रस्त अफगानिस्तानमा विगत नौ दिनमा यो चौथो बिस्फोट हो । तीमध्ये तीनवटा राष्ट्रिय राजधानी काबुल शहरमा भएका थिए ।

यसअघि अफगानिस्तानको राजधानी काबुलमा विभिन्न दिनमा भएका तीनवटा बिस्फोटमा कम्तीमा १० जनाको ज्यान गएको थियो ।

इस्लामिक स्टेट संगठनले मिनी बसमा भएको विस्फोटको जिम्मेवारी लिएको छ जसमा पाँच जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 12 =