टुडिखेलमा यसरी मनाइयो माघी (तस्बिरहरु)

काठमाडौँ । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व भोलि देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ ।

यस अवसरमा राजधानी काठमाडौँको वसन्तपुरदेखि भद्रकाली हुँदै टुडिखेलसम्म र भृकुटीमण्डपदेखि सहिदगेट हुँदै टुडिखेलसम्म र्‍याली गरी मगर र थारू समुदायले माघी मनाएका छन् ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । यस अवसरमा विभिन्न परिकार खाएर तथा शुभकामना आदानप्रदान गरेर मनाइने चलन छ ।

मकर सङ्क्रान्तिमा शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ । माघे सङ्क्रान्ति अर्थात् माघी पर्वको अवसरमा सरकारले सोमबार देशभर सार्वजनिक बिदा दिएको छ ।

तस्बिरहरूः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + three =