रामबहादुर बम्जनले बारामा बेपत्ता र हत्या गरेको भन्दै फेरि पर्यो जाहेरी

‘तपस्वी’ रामबहादुर बम्जनविरुद्ध जिल्ल प्रहरी कार्यालय बारामा थप दुईवटा जाहेरी परेको छ। उनीविरुद्ध हत्या, अपहरण तथा बेपत्ता सम्बन्धी जाहेरी दर्ता भएको बाराका एसपी सुरेश काफ्लेले बताए।
बम्जन पक्राउ परेसँगै परेका जाहेरीमा प्रारम्भिक अनुसन्धान भइरहेको एसपी काफ्लेले बताए।

निजगढ नगरपालिका–१२ स्थित खुमजोरको आश्रमबाट बम्जनले सिमरा उप महानगरपालिका–१५ वडहर्वा घर भएका ३४ वर्षीय सुरेश कुमार आलेलाई बेपत्ता बनाएको आरोप छ ।

आलेका परिवारले उनलाई अपहरणपछि बेपत्ता बनाएको भन्दै अनुसन्धान गर्न माग गरेका छन्।

सुरेश कुमार आले २०७२ जेठपछि सम्पर्कविहीन भएको जाहेरीमा उल्लेख छ।

बम्जनले रिता बोटको हत्या गरेको आरोपमा अर्को पनि जाहेरी परेको छ । सर्लाहीको बागमती नगरपालिका–१२ घर भएकी रिताको बाराको आश्रममा हत्या गरेको पीडित परिवारले दिएको किटानी जाहेरीमा बताइएको छ।

बम्जन हाल बलात्का मुद्दा पुर्पक्षका लागी महोत्तरी कारागारमा थुनामा छन्। उनीविरुद्ध यसअघि पनि ४ जनालाई बेपत्ता बनाएको तथा एक जनालाई जबर्जस्ती करणी गरेको आरोपमा जाहेरी परेको थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − three =