‘प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार-२०८०’ बाट श्रेष्ठ र घिमिरे सम्मानित

काठमाडौँ । प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार—२०८० बाट वरिष्ठ साहित्यिक पत्रकार रुक्मिणी श्रेष्ठ र रोचक घिमिरे सम्मानित भएका छन् ।

आईतवार नेपाल प्रज्ञा प्रतिष्ठानले प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार—२०८० बाट उनीहरूलाई सम्मानित गरेको हो ।

श्रेष्ठले २००८ सालदेखि थौंकन्य मासिक पत्रिका सञ्चालन गर्दै आएकी छन् । साथै घिमिरेले २०१८ सालबाट रचना द्वेमासिक पत्रिका सञ्चालन गर्दै आएका छन् ।

दुवै पत्रकारलाई जनही ५० हजार रुपैयाँसहित सम्मान प्रदान गरिएको हो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानले यसै वर्ष पहिलो पटक प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार र प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कारको स्थापना गरेको हो ।
प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार—२०८० बाट वरिष्ठ साहित्यिक पत्रकार द्वय श्रेष्ठ र घिमिरे सम्मानित

काठमाडौँ । प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार—२०८० बाट वरिष्ठ साहित्यिक पत्रकार रुक्मिणी श्रेष्ठ र रोचक घिमिरे सम्मानित भएका छन् ।

आईतवार नेपाल प्रज्ञा प्रतिष्ठानले प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार—२०८० बाट उनीहरुलाई सम्मानित गरेको हो ।

श्रेष्ठले २००८ सालदेखि थौंकन्य मासिक पत्रिका सञ्चालन गर्दै आएकी छन् । साथै घिमिरेले २०१८ सालबाट रचना द्वेमासिक पत्रिका सञ्चालन गर्दै आएका छन् ।

दुवै पत्रकारलाई जनही ५० हजार रुपैयाँसहित सम्मान प्रदान गरिएको हो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानले यसै वर्ष पहिलो पटक प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार र प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कारको स्थापना गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 8 =