भारतको औद्योगिक उत्पादन २.४ प्रतिशत बढ्यो
२०८० पुस २९ गते

एजेन्सी । भारतको कारखाना गतिविधि वृद्धि नोभेम्बर २०२३ मा २.४ प्रतिशतले बढेको छ ।
औद्योगिक उत्पादन सूचकाङ्क (आइआइपी) द्वारा तथ्यांकअनुसार नोभेम्बर २०२३ मा २.४ प्रतिशत बढेको हो ।
जारी गरेको तथ्यांकअनुसार सन् २०२३ नोभेम्बर महिनामा खानी, उत्पादन र विद्युत् क्षेत्रको औद्योगिक उत्पादनको सूचकाङ्क क्रमशः १३१.१, १३९.२ र १७६.३ रहेको छ ।
प्रयोगमा आधारित वर्गीकरण अनुसार, नोभेम्बर २०२३ महिनाको लागि सूचकाङ्कहरू प्राथमिक वस्तुहरूको लागि १४३.८, पुँजीगत वस्तुहरूको लागि ९८.०, मध्यवर्ती वस्तुहरूको लागि १५१.४ र पूर्वाधार÷निर्माण वस्तुहरूको लागि १६४.१ मा रहेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।
२०८० पुस २९ गते
प्रतिक्रिया
सम्बन्धित








