राष्ट्रिय सभा निर्वाचन

जनमोर्चाकी दुर्गालाई राष्ट्रिय सभामा मनोनित गर्न प्रस्ताव

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले उपाध्यक्ष दुर्गा पौडेललाई राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभाको महिला सदस्यमा नियुक्त गर्न प्रस्ताव गरेको छ ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आइतबार विज्ञप्ति जारी गर्दै यस्तो प्रस्ताव गरेका हुन् ।

‘हामीले राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष र प्रवक्ता का. दुर्गा पौडेललाई राष्ट्रपतिद्वारा मनोनीत हुने राष्ट्रिय सभाको महिला सदस्यका लागि प्रस्तावित गरेका छौँ’, अध्यक्ष केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यो पद मन्त्रिपरिषद्ले निर्णय गरेर राष्ट्रपतिद्वारा मनोनीत हुने पद भएकाले सरकार र राष्ट्रपतिद्वारा पनि उहाँलाई राष्ट्रिय सभामा नियुक्त गर्ने कुरामा जोड दिन्छौँ ।’

साथै जनमोर्चाले राष्ट्रिय सभाको आगामी चुनावमा गठबन्धन पक्षधर सबै उम्मेदवारहरूलाई विजय बनाउन सबै मतदाताहरूसँग अपिल गरेको छ । जनमोर्चाका गण्डकी र लुम्बिनीका केही जिल्लाहरूमा मात्र मतदाताहरू छन् । जनमोर्चाको गण्डकीमा ५७ र लुम्बिनीमा १२९ गरी १८६ मतभार रहेको छ ।

आगामी फागुन २० गतेबाट राष्ट्रपतिबाट मनोनीत १ सहित राष्ट्रिय सभाका २० सदस्यको पदावधि सकिँदै छ । त्यसमध्ये १९ जनाको माघ ११ मा निर्वाचन हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =