सत्ता गठबन्धनका शीर्ष नेता बालुवाटारमा

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच छलफल हुँदैछ । अहिले ९ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेताहरुबीच छलफल सुरु हुने भएको हो ।

छलफलमा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन, संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक लगायतका विषयमा छलफल हुने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । साथै समसामयिक राजनीतिक विषयमा छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्न लागेको हो ।

कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा टीआरसी सम्बन्धी विधेयकमा दफावार छलफल हुने क्रममा सहमति नजुटेका विषय प्रक्रियाबाट टुंगो लगाउने विषयमा छलफल भएको थियो । सरकारले आगामी संसद अधिवेशनबाट टीआरसी सम्बन्धी विधेयक पास गर्ने तयारी गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =