रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष

नागरिक उन्मुक्ति पार्टीले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनाेनित गरेकाे छ।

टीकापुरमा सम्पन्न प्रथम महाधिवेशनबाट पार्टीका संरक्षक रेशम चाैधरी अध्यक्षमा निर्वाचित भएपछि पहिलो बैठकले विधान संशोधन गर्दै श्रेष्ठलाई सहअध्यक्षमा मनाेनित गर्ने निर्णय गरेकाे हाे ।

रञ्जिता श्रेष्ठ रेशम चाैधरीकी श्रीमती हुन् । श्रेष्ठलाई सहअध्यक्षमा मनाेनित गर्ने निर्णय गरेकाे पत्र उनलाई पठाइएको अध्यक्ष चाैधरीले बताए।

नागरिक उन्मुक्ति पार्टीले विधान संशोधन गरी दुई जना महासचिव हुने व्यवस्था समेत गरेकाे छ।

प्रतिक्रिया

One thought on “रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष

  1. आफ्नै हो त जे गरेनी भैइ गयो नि।
    अनि धमला पत्नी एलिजालाई चै सचिव दिन पर्ने!
    खैत।
    अनि त्यो तल्ला घरे काकालाई चै के दिने त?
    ल्वादेहरु।।।।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =