तपस्वी बम्जनलाई जेलभित्र छुट्टै खाना, ध्यान गर्ने पनि व्यवस्था

काठमाडौं । जिल्ला अदालत सर्लाहीबाट पुर्पक्षका लागि महोत्तरीको जलेश्वर कारागार चलान भएका ‘तपस्वी’ रामबहादुर बम्जनले कारागारमा आफ्ना विभिन्न भाग राखेका छन् ।

उनले अरु कैदीबन्दीले खाने खाना आफू नखाने बताएका छन् ।

जलेश्वर कारागारका एक अधिकारीका अनुसार उनले छुट्टै खाना बनाएर दिन आग्रह गरेका थिए ।

उनले बेसार, लसुन, प्याज हालेको दाल, तरकारी पनि नखाने बताएका छन् ।

बम्जनले खाना खान नमानेपछि कारागारमा रहेका अरु जोगीहरूलाई बनाएका खाना दिएको कारागार प्रशासनले जनाएको छ ।

यस्तै उनले कारागारमा ध्यानको लागि योग्य स्थानको समेत माग गरेका छन् । उनले आज बिहानै पनि ध्यान गरेका थिए ।

बाल यौन शोषण गरेको अभियोगमा बम्जनलाई बिहीबार जिल्ला अदालत सर्लाहीबाट पुर्पक्षका लागि महोत्तरीको जलेश्वर कारागार चलान गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + three =