आमा गुमाएको तीन महिनामै मन्त्री लिम्बूलाई पत्नीशोक

काठमाडौं । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई पत्नीशोक परेको छ ।

मन्त्री लिम्बूकी श्रीमती गङ्गामायाको गए राति ५८ वर्षको उमेरमा निधन भएको मन्त्री लिम्बूका स्वकीय सचिव रोशनविक्रम राईले जानकारी दिए ।

उनको मोरङको लेटाङस्थित आफ्नै निवासमा निधन भएको हो ।

गङ्गामाया लामो समयदेखि क्यान्सरबाट पीडित थिइन ।

उनको आजै अन्त्येष्टि गरिने बताइएको छ । गङ्गामायाका एक छोरा र एक छोरी छन् ।

यसअघि मन्त्री लिम्बुकी आमा हंशनुमा लिम्बूको असोज २६ गते निधिन भएको थियो । आमा गुमाएको तीन महिनामै उनले श्रीमति पनि गुमाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + ten =