काबुलमा ठूलो विष्फोट हुँदा २ जनाको मृत्यु, १२ घाइते

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलको पश्चिमी किनारमा रहेको दश्त-ए-बर्ची क्षेत्रमा बिहीवार भएको बिस्फोटमा दुई जनाको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएको काबुलका प्रहरी प्रवक्ता खालिद जाद्रानले बताए ।

आतंकवादी हमलालाई दोष दिँदै जाद्रानले सुरक्षा बलहरूले देशका सबै नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न सक्दो प्रयास गर्ने बताए । दशत-ए-बर्ची इलाकामा यो दोस्रो आतङ्ककारी हमला हो ।

यसअघि शनिवार मिनी बसलाई लक्षित गरी भएको आक्रमणमा ५ जनाको मृत्यु भएको थियो भने १५ जना घाइते भएका थिए । शनिबारको मिनी बसमा भएको हमलाको जिम्मेवारी प्रतिद्वन्द्वी दाएस वा इस्लामिक स्टेट संगठनले लिएको छ तर अन्य दुई बिष्फोटको जिम्मेवारी कुनै समूह वा व्यक्तिले लिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − one =