श्रममन्त्री भन्छन्– फ्रि भिसामा श्रमिकलाई विदेश पठाउन सकिन्न(भिडिओ)

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सम्बन्धित देशको भाषा, सीप र आवश्यक ज्ञान प्रदान गरेर मात्रै श्रमिक विदेश पठाउने गरी सरकारले गृहकार्य गरिरहेको बताएका छन् ।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै श्रममन्त्री भण्डारीले यस्तो बताए ।

उनले नेपाली श्रमिकहरुलाई सरकारले न्युनतम सम्बन्धित देशको भाषा र सीप सिकाएर पठाउन विभिन्न देशका राजदुतहरु,एनआरएन तथा एजेन्सीहरुले आग्रह गरिरहेकाले त्यही आग्रहअनुसार सरकारले तयारी गरिहरको बताए ।

उनले भाषा, सीप र आवश्यक बताए । उनले वैदेशिक रोजगारीमा विचौलियाको भुमिका अन्त्यका निम्ति आफूहरूले काम गरिरहेको उल्लेख गरे ।

मन्त्री भण्डारीले भने–‘नेपालबाट मेलेसियामा ९ लाख मानिसहरु गएको अवस्थामा १५ हजार मात्रै फ्रि भिसामा गएका छन् । अहिले फ्रि भिसा फ्रि भिसा भनिँदै छ त्यो हुन सक्दैन । कसै न सकैले लागत व्यहोर्नुपर्छ । फ्रिमा कोही कही जाने होइन । जुन रोजगारदाताले नै विदेश जाने लागत व्यहोर छ । त्यो श्रमिकको लागि शुल्य लागत भन्ने हो । श्रमिकले तिर्नुपर्ने लागतमा फ्रि भिसा भन्न मिल्दैन । यो भन्दा २० वर्ष पहिला खाडी मुलुकमा जाँदा न्युनतम लागत खर्च सेवा प्रदायकहरुको १० हजार हुन्छ भनेको थियो । व्यवसायीहरुले १० हजार सेवाशुल्क लिएर सेवा दिन नसक्ने भनिरहनुभएको छ । अहिले १० हजार सेवा शुल्कलाई कायम गरेर श्रमिकलाई लाग्ने शुल्क बैंकबाट उपलब्ध गराएर मिटर ब्याजबाट युवालाई मुक्ता गर्न लागि रहेका छौं । ९ सय भन्दा बढी मेनपावर कम्पनीहरु दर्ता भएर काम गरिहरका छन् । ती कम्पनीहरुले राज्यलाई कति कर तिर्छ भन्ने खोजि गर्नुपर्छ । सम्बन्धित देशको भाषा र सीप सिकाएर न्युनतम शिकाएर श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन आग्रह गरेका छन् । राजदुत लगायत गैरआवासिय नेपालीहरु अन्य एजेन्सीहरुले यस्तो आग्रह गर्नुभएको छ ।’

उनले मेलेसिया लगायत खाडी मुलुकमा श्रमिकलाई फ्रि भिसा फ्रि टिकटमा पठाउन नसकिने बताए ।

उनले वैदेशिक रोजगारीमा पठाउने सरकार वा एजेन्सी दुवैले लागत लगाउनुपर्ने भएकाले फ्रि भिसा फ्रि टिकटमा पठाउन नसक्ने अवस्था रहेको बताए ।

उनले विदेश पठाउने सेवा प्रदायकले व्यहोर्दा मात्रै श्रमिकलाई शुन्य लागत लाग्ने अवस्था रहेको बताए ।

उनले ९ लाख नेपाली श्रमिक मलेसिया भएपनि अहिलेसम्म १५ हजार मात्रै फ्रि भिसामा गएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + twenty =