माघे संक्रान्तीमा टुँडिखेलमा ‘थारु खानपिन प्रदर्शनी’ हुने

काठमाडौँ । माघे संक्रान्तीको अवसरमा थारु समुदायले माघ १ गते टुँडिखेलमा माघी पर्व मनाउने भएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजकले सो बारेमा जानकारी गराएको हो । माघी महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नेछन् ।

यस वर्ष थारु संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा हाम्रो अभियान, समानुपातिक समावेशी पहुँचका लागि सम्पूर्णमा आह्वान भन्ने नारासहित माघी पर्व मनाउन लागिएको थारु राष्ट्रिय माघी महोत्सव, २०८० का संयोजक प्रेमिलाल चौधरीले बताए ।

उनले थारु सांस्कृतिक झाँकी, थारु सांस्कृतिक प्रस्तुति, थारु खानपिन प्रदर्शनी एवं बिक्री, थारु सीप हस्तकला, पुस्तक प्रदर्शनी एवं बिक्री हुने बताए ।

उनका अनुसार फुड स्टलहरूमा पारु जातिले माघी पर्वमा खाने विशेष खाना परिकार (ढिक्री, अन्डिक भात, विचरी, तिलको लड्डू, लाईमुरी, भुजा, बन्डी जाँडको झोल, दारु, केराको तरुवा, सखरखण्ड, खरिया, सुँगुर र बंगुरको मासु, परेवाको मासु, माछा, घोघी, गंगटो, सिधरा, मसुलार) रहनेछन् । बालू सिन्की, बयरको चटनी, वरिया, चामलको गुरी, काथ्या रोटी, अन्डीक रोटी, तेलपौर रोटी, झभ्झा रोटी लगायत विभिन्न परिकारहरूको राखिने छ ।

महोत्सवमा देशभरका थारु समुदायको उपस्थिति रहने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =