संक्रमित बढेपछि ग्रिक सरकारले दियो कोभिड-१९ र इन्फ्लुएन्जाबिरूद्ध खोप लगाउन निर्देशन

एजेन्सी । ग्रिस सरकारले कोरोना संक्रमणको वृद्धि भएसँगै कोभिड १९ र इन्फ्लुएन्जाबिरुद्ध खोप दरमा थप वृद्धि गर्न आग्रह गरेको छ । एथेन्समा एक पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री एडोनिस जर्जियाडिसले कोरोना संक्रमण बढेकाले शतर्क रहन आग्रह गरे ।

गत सेप्टेम्बरदेखि देशभर कोभिड–१९ सँग सम्बन्धित १ हजार २८ मृत्युमध्ये दुईजनालाई मात्रै खोप लगाइएको थियो । करिब १० करोड जनसंख्या भएको देशमा २ लाख १० हजारले मात्र कोभिड–१९ बिरुद्धको खोपको पछिल्लो डोज पाएका छन् ।

गत वर्ष ३.४ मिलियनको तुलनामा हालसम्म २९ लाख नागरिकले फ्लूविरुद्धको खोप लगाएका छन् । नोभेम्बरदेखि ग्रीसले कोभिड–१९ मा क्रमिक वृद्धि भएको रेकर्ड गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 3 =