टेलिकमको सेवाहरूको मर्मत सम्भारलाई चुस्त बनाउनु पर्छ : रेखा शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमबाट वितरण भएका सेवाहरूको मर्मत सम्भारलाई चुस्त दुरुस्त बनाउन आवश्यक रहेको बताएकी छन् ।

बुधवार मन्त्रालयमा भर्चुअल माध्यमबाट नेपाल टेलिकमबाट रुकुम (पूर्व) को रुकुमकोट र रुकुम(पश्चिम) को मुसीकोटमा दूरसञ्चार पूर्वाधार अप्टिकल ट्रान्समिसन लिङ्क पु¥याएर फाइबर टु द होम(एफटिटिएच) सेवाको शुभारम्भ गर्दै उनले यस्तो बताएकी हुन् ।

मन्त्री शर्माले टेलिकमले आफ्नो सेवाको साथै गुणस्तरमा पनि ध्यान दिनुपर्ने बताइन् । उनले टेलिकमले आफ्ना सम्पूर्ण सेवाहरूको मर्मत सम्भारलाई पनि चुस्त दुरुस्त बनाउनुपर्ने बताइन् । उनले सेवाको मर्मत सम्भारलाई ध्यान दिन नसकेमा सेवाको गुणस्तरले मात्रै पनि काम नगर्ने बताइन् ।

उनले ग्राहक सेवालाई पनि ग्राहकमैत्री बनाउनुपर्नेमा जोड दिइन् । मन्त्री शर्माले टेलिकमको ग्राहक सेवाको सम्बन्धमा गुनासाहरू रहेका भन्दै सो गुनासाहरूलाई सम्बोधन गर्ने क्रममा रहेको पनि स्पष्ट पारे ।

उनले नेपाल टेलिकमको ग्राहक सेवालाई प्रभावकारी बनाउनको निम्ति बिहान ७ बजेदेखि साँझ ७ बजेसम्मको मर्मत सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइएको पनि जानकारी दिए । उनले यसलाई २४ घण्टा सेवामा पुर्याइन आवश्यक छलफल भइरहेको पनि बताए ।

उनले भने ‘सरकारले सूचना प्रविधिको विकास र प्रयोगलाई उच्च प्राथमिकतामा राखेको कुरा हामी सबैलाई थाहा छ । सूचना, प्रविधिको आधारभूत पूर्वाधार भनेकै दूरसञ्चार रहेछ । सूचना र प्रविधिका विविध क्षेत्रमा, विविध आयाममा विकास गर्छु भन्दै गर्दा यदि दूरसञ्चार विकास भएन भने सम्भव हुने कुरा होइन रहेछ । त्यसकारण यसमा हामीले विशेष ध्यान दिनुपर्ने रहेछ । अप्टिकल फाइबरमा आधारित फाइबर टु द होमको जुन सेवा विस्तार गर्ने भनेर भनिरहेका छौँ यसले वास्तवमै सेवा बिस्तार त्यसबाट हुने नै भयो । तर गुणस्तर कायम गर्नु यसको अर्को विशेषता हो । अर्को सर्त पनि हो । त्यसकारण नेपाल टेलिकमबाट वितरण भएका सम्पूर्ण सेवाहरूको मर्मत सम्भारलाई पनि चुस्त दुरुस्त बनाउने गरेर हामीले सोच्न जरुरी छ । हामी बिस्तार त गर्छौं तर बिस्तार गर्ने कुरालाई फेरि मर्मत सम्भारमा ध्यान दिन सकेनौँ भने हामीले जसरी कुनै ब्रान्डको सामान किन्दा ब्रान्ड राम्रो हो तर कस्टुमर केयर राम्रो छैन त्यसकारण नकिन्ने भन्छौँ । तर कस्टुमर केयर राम्रो भयो भने कम ब्रान्ड भएपनि सम्झौता गर्नपुग्छौँ । त्यसकारण नेपाल टेलिकमको ब्रान्ड राम्रो छ । क्वालिटी राम्रो छ । र कस्टुमर केयरप्रति केही गुनासाहरू छन् । तर पछिल्लो समयमा यसलाई प्रभावकारी बनाउनुपर्छ भनेर टेलिकमले बिहान ७ बजेदेखि साँझ ७ बजेसम्मको मर्मत सेवा सञ्चालन गर्ने व्यवस्था मिलाएको छ । यसलाई २४ घण्टामा कसरी पुर्याउने हो भन्ने विषयमा पनि आवश्यक ध्यान दिन र यसका निम्ति काम अगाडी बढाउनको निम्ति अनुरोध गर्न चाहन्छु ।’

उनले रुकुम (पूर्व) को रुकुमकोट र रुकुम९पश्चिम०को मुसिकोटमा फाइवर टु द होम सेवा पुर्याउँदा त्यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय र शैक्षिक विकास प्रत्यक्ष प्रभाव पार्ने बताए । त्यस्तै सो क्षेत्रको रहनसहन र भेषभुषा लगायतका सबै सांस्कृतिक कुराहरूलाई राज्यको मूल प्रवाहमा ल्याउन समेत सहयोग पुग्ने बताए ।

मन्त्री शर्माले फाइवर टु द होम सेवा हालसम्म देशका ७४ वटा जिल्लामा पुगिसकेको उल्लेख गर्दै बाँकी रहेका हुम्ला र डोल्पा जिल्लामा यसै आर्थिक वर्षभित्र पुर्याइसक्ने बताए ।

बाँकी रहेको अर्को जिल्ला मुगुमा भने आगामी आर्थिक वर्षभित्रमा पु¥याइसक्ने लक्ष्य लिइएको बताए । उनले दूरसञ्चार सेवाको पूर्वाधार बिस्तार, सेवाको पहुँच, सेवाको गुणस्तर, मर्मतसम्भार र सेवाको वितरणलाई प्रभावकारी बनाएर १९ जिल्लालाई नमुना जिल्ला बनाउने बनाउने अघि टेलिकम अगाडी बढेको उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − seven =