पक्राउ गर्न घरभित्र प्रहरी छिरेपछि दुई तलामाथिबाट हामफालेका थिए बमजन

तपस्वीको भेषमा विभिन्न अपराध गर्दै आएका रामबहादुर बमजनलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौंका हात्तिगौंडास्थित निवासबाट सीआईबीको टोलीले उनलाई पक्राउ गरेको हो। केहीदिन देखि नै निगरानी गरिरहेको प्रहरीले उनी नै हुन् भन्ने निश्चित

गरेपछि मंगलबार साँझ अप्रेसन गरेको थियो। अप्रेसनका लागि चार वटा टोली परिचालन गरिएका थिए।

प्रहरी घरभित्र पसेपछि बम्जन भाग्ने प्रयास गरेका थिए। उनी घरबाट हामफालेका थिए।

उनी बस्ने आश्रममा प्रहरीले पटक पटक अप्रेसन चलाएपछि उनी काठमाडौं बस्न थालेका थिए।

उनी काठमाडौं बस्ने गरेको सूचना प्रहरीले केही समय अघिद्ध नै पाएर निगरानीका लागि टोली खटाएको थियो।

टोलीले अनुसन्धान र निगरानी गरी मंगलबार बुढानिलकण्ठको हात्तीगौडास्थित घरमा रहेको तथ्य प्रहरीले पत्ता लगायो।

प्रहरी पुगेपछि बमजन घरको बरण्डाबाटै हामफालेका थिए। घरबाहिर रहेको टोलीले उनलाई पक्राउ गरेकोृ थियो। घरको चारैतिर प्हरी परिचालन गरिएको थियो।

बमजनमाथि यौन शोषण, बलात्कार र आनीहरूलाई बेपत्ता बनाएको आरोप लागेको छ। उनीविरूद्ध पाँच परिवारले उजुरी दिएका थिए।

आफ्नो आश्रममा बस्दै आएका तीन जना युवती र दुई युवालाई बेपत्ता पारेको उजुरी प्रहरी कार्यालयमा दर्ता भएको थियो। तीमध्ये एक जनालाई उनले सिन्धुपाल्चोकस्थित आश्रममा हत्या गरी शवसम्म बेपत्ता पारेको आरोप छ।

सर्लाही जिल्ला अदालतमा पनि मुद्दा विचाराधीन छ।

प्रतिक्रिया

One thought on “पक्राउ गर्न घरभित्र प्रहरी छिरेपछि दुई तलामाथिबाट हामफालेका थिए बमजन

  1. यो त सरकार भन्दापनी ठुलो अपराधी रहेछ !हदैसम्म कारबाही होस@धन्यवाद सुरक्षा टोलि सहित सम्पुर्ण टिमलाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 7 =