शेख हसिनाको पार्टीले संसदीय चुनावमा जित्यो २२३ सिट

एजेन्सी । प्रधानमन्त्री शेख हसिनाको नेतृत्वमा रहेको सत्तारुढ बंगलादेशी अवामी लिग (एएल) पार्टीले देशको संसदीय निर्वाचनमा २९८ सिटमध्ये २२३ सिट जितेको मुख्य निर्वाचन आयुक्त काजी हबिबुल अवालले बताए । ३ सय सिटमध्ये एउटा निर्वाचन क्षेत्रको नतिजा आउन ढिलो भएको छ ।

यसैबीच एक निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारको मृत्यु भएपछि मतदान स्थगित भएको छ । बंगलादेशमा कुनै दलले संसदको कुल १ सय ५१ सिट जित्न सफल भएमा सरकार बनाउन सक्छ । अवलले बंगलादेशको १२ औं संसदीय निर्वाचनमा कुल योग्य मतदाताको ४१.८ प्रतिशत पुगेको बताउनु भयो । बंगलादेशमा बहुमत प्राप्त गर्ने दलले सरकार बनाउन सक्ने उनले बताए ।

सत्तारुढ एएल पार्टीका २६० भन्दा बढी उम्मेदवार राष्ट्रिय निर्वाचनमा सहभागी भएका छन् । स्थानीय समयअनुसार आईतवार बिहान ८ बजे शुरु भएको मतदान अपरान्ह ४ बजे सकिएको थियो । आईतवार देशभरका ४२ हजारभन्दा बढी मतदान केन्द्रमा मतदान भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 8 =