रियल गोर्खा सहकारीका अध्यक्षसहित २ जना पक्राउ
२०८० पुस २३ गते

काठमाडौं । सहकारीको १२ करोड रकम हिनामिना गरी फरार रहेका अभियुक्तहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हर्कबहादुर कठायत र संस्थाका सदस्य विनोदकुमार ओझा छन् ।
उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।
उनीहरूले सहकारीका बचतकर्ताको १२ करोड ३५ लाख ४८ हजार २०२ रुपैयाँ हिनामिना गरेको आरोप छ ।
२०८० पुस २३ गते
प्रतिक्रिया
सम्बन्धित








