राष्ट्रियसभा निर्वाचन
बागमतीमा नेमकिपाका ४ जनाले गरे उम्मेदवारी दर्ता
२०८० पुस २३ गते

काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि बागमती प्रदेशमा नेपाल मजदुर किसान पार्टीले ९नेमकिपा० ले पनि उम्मेदवारी दर्ता गरेको छ ।
नेमकिपाको तर्फबाट अपाङ्गता क्लस्टरबाट भक्तपुरका हिमालयश्वर मुल,अन्य तर्फबाट काठमाडौंका श्रीकृष्ण महर्जन, दलित तर्फबाट भक्तपुरका सङ्गीता नेपाली र महिलातर्फबाट कृष्णलक्ष्मी दुवालले उम्मेदवारी दर्ता गराएका हुन् ।
यही फागुन २० गतेबाट रिक्त हुने २० मध्ये १९ सिटका लागि माघ ११ गते निर्वाचन हुँदैछ । जसमा बागमती प्रदेशमा चार सिटका लागि निर्वाचन हुँदैछ ।
२०८० पुस २३ गते
प्रतिक्रिया
सम्बन्धित








