नाडाको सबै नेतृत्व सर्वसम्मत चयन

काठमाडौँ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ४७औं वार्षिक साधारणसभाले करण चौधरीलाई सर्वसम्मत अध्यक्ष चयन गरेपछि अन्य सबै पदाधिकारी पनि सहमतिमै टुंग्याएको छ ।
साधारणसभाले १७ जना केन्द्रीय कार्य समिति चयन गरेकोमा आइतबारको बैठकले पदाधिकारी सर्वसम्मत चयन गरेको छ ।
नव निर्वाचित अध्यक्ष चौधरीको अध्यक्षतामा बसेको नाडाको पहिलो बैठकले नाडाको विधान बमोजिम पदाधिकारीहरू सर्वसम्मत चयन गरेको हो । नाडाको निवर्तमान अध्यक्ष डा.धु्रव थापा रहेका छन् ।
नाडाको बरिष्ठ उपाध्यक्षमा आकाश गोल्छा, संस्थागत उपाध्यक्षमा पुष्कर ओझा र तेजनारायण साह, अन्य उपाध्यक्षमा राजनबाबु श्रेष्ठ र निराकार श्रेष्ठ चयन भएका छन् ।
त्यसैगरी,महासचिवमा सुरेन्द्रकुमार उप्रेती,सचिवमा विक्रम सिंहानिया, कोषाध्यक्षमा मिलनबाबु मल्ल, सहकोषाध्यक्षमा पंकज अग्रवाल निर्वाचित भएका छन् ।
बैठकले संस्थागत सदस्यहरूमा सञ्जयकुमार श्रेष्ठ, कुलबहादुर क्षेत्री, कृष्णप्रसाद श्रेष्ठ, गणेशप्रसाद भट्टराई, भद्र भण्डारीलाई निर्वाचित गरेको छ ।
बैठकले केन्द्रीय कार्य समितिको सदस्य पदमा सुनिल रिजाल, प्रकाश कपुरी, कपिल शिवाकोटी, प्रदिपमान प्रधान, यमुना श्रेष्ठ, सञ्जयकुमार खेतान, नवराज भुषाल, ऋद्धि कार्की, दिपेन्द्रकुमार मिश्र र सौरभ थापालाई निर्वाचित गरेको छ ।
नाडाको विधान बमोजिम नव निर्वाचित अध्यक्ष चौधरीले केन्द्रीय सदस्यमा मेघराज पौडेल, निलमणि पाठक र सोहन श्रेष्ठलाई मनोनित गरेका छन् ।








