ब्राजिल फुटबलको नयाँ प्रशिक्षकमा डोरिभल जुनियर नियुक्त

काठमाडौँ । ब्राजिलले पूर्व खेलाडी एवम हाल साओ पाओलो क्लबका प्रशिक्षक डोरिभल जुनियरलाई राष्ट्रिय फुटबल टिमको प्रशिक्षक नियुक्त गरेको छ । ब्राजिलियन फुटबल फेडेरेसनले शुक्रबार मात्र अन्तरिम प्रशिक्षक फेर्नानडो डिनिजलाई बर्खास्त गरेको थियो ।

६१ वर्षीय डोरिभल गत अप्रिलदेखि साओ पाओलोको प्रशिक्षक रहेका छन् । उनलाई २०२६ को विश्वकप सम्मका लागि प्रशिक्षक नियुक्त गरिएको छ । सन् २००२ देखि प्रशिक्षकको भूमिकामा रहेका डोरिभल ब्राजिलमा अनुभवी प्रशिक्षक मानिन्छन् ।

ब्राजिलले यस अघि हाल रियल म्याड्रिडका प्रशिक्षक रहेका इटालीका कार्लोस एन्सेलोटीलाई भित्र्याउने प्रयस गरेपनि उनले रियल म्याड्रिडमै आफ्नो सम्झौता लम्बाएपछि सो प्रयास असफल भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − thirteen =