पौष २४ देखि २६ सम्म सुजुकीको विन्टर फ्री सर्भिस

काठमाडौं । सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले विन्टर फ्री सर्भिस क्याम्पको आयोजना गर्ने भएको छ ।

नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले पुस २४ देखि २६ गतेसम्म क्याम्पको आयोजना गर्ने भएको हो ।

जाडो मौसमले सवारी साधनमा नराम्रो प्रभाव पार्नसक्ने भएकोले सुजुकी ग्राहकलाई यो बिषयमा जानकारी गराउन र गाडीलाई राम्रो अवस्थामा राखिराख्न सो क्याम्प संचालन हुनलागेको कम्पनीले जनाएको छ ।

सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनको साथै ग्राहकहरुले लक्की द्र मार्फत वर्ष भरीको लागि पाट्र्स र कन्जुमेबल्स सहितको सर्भिस प्याकेज पनि जीत्न सक्नेछन् ।

सर्भिस क्याम्पमा ग्राहकले निशुल्क एसीर हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउनेछन् ।

त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा उहाँहरुले ५० प्रतिशत छुट पाउनुहुनेछ, पाट्र्स र एसोसरिजमा १० प्रतिशत छुट पाउनुहुनेछ भने लेवर चार्जमा पनि २० प्रतिशत छुट पाउने कम्पनीले जनाएको छ ।

सुजुकीको विन्टर सर्भिस क्याम्प नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 12 =