जोर्डनका राजाले गरे गाजा र वेस्ट बैंकलाई अलग गर्ने प्रस्ताव अस्वीकार

एजेन्सी । जोर्डनका राजा अब्दुल्लाह द्वितीयले गाजापट्टी र वेस्ट बैंकलाई अलग गर्ने प्रयासलाई आफ्नो देशले अस्वीकार गरेको बताएका छन् । गाजामा जारी इजरायली आक्रमणको विनाशकारी असरहरूको चेतावनी समेत दिएका हुन् ।

राजाले अम्मानमा अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केनसँगको भेटमा गाजामा दुःखद् मानवीय संकट अन्त्य गर्नुपर्ने आवश्यकतामा पनि जोड दिए । राजा अब्दुल्लाले गाजामा तत्काल युद्धविराम गर्न आग्रह गरे ।

राजाले गाजावासीहरूलाई आफ्नो घर फर्कन सक्षम बनाउन पनि आग्रह गरेका छन् । प्यालेस्टाइन समस्याको न्यायोचित समाधान र दुई राज्यको आधारमा न्यायपूर्ण र व्यापक शान्ति नभई यस क्षेत्रमा स्थायित्व नहुने उनको तर्क छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 4 =