पूर्वमन्त्रीलाई इस्तानबुलको मेयरमा उठाउने टर्कीस राष्ट्रपतिको घोषणा

एजेन्सी । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आईतवार आफ्ना पूर्व वातावरणमन्त्री मुरात कुरुमलाई इस्तानबुलको आगामी मेयरको निर्वाचनका लागि सत्तारुढ न्याय र विकास पार्टी (एकेपी) को उम्मेदवारको रूपमा नाम दिएको घोषणा गरेका छन् ।

मार्चमा हुने महत्वपूर्ण चुनावमा कुरुमले प्रमुख विपक्षी रिपब्लिकन पिपुल्स पार्टी (सिएचपी) का वर्तमान मेयर एकरेम इमामोग्लुसँग प्रतिष्पर्धा गर्नेछन् । टर्कीको सबैभन्दा ठूलो शहरमा झन्डै २५ वर्षको शासनपछि सन् २०१९ मा एर्डोगनको एकेपी इस्तानबुलमा सीएचपी पराजित भएको थियो । एकेपीले महानगरपालिकाका लागि आफ्ना २६ जना उम्मेदवार मात्रै सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =