वेस्ट बैंकमा ७ प्यालेस्टिनी र इजरायली अफिसर मारिए

एजेन्सी । कब्जा गरिएको वेस्ट बैंकमा इजरायली ड्रोन हमलामा आईतवार सात प्यालेस्टाइनीको मृत्यु भएको छ । एक इजरायली पुलिस अफिसरको पनि आक्रमणमा मृत्यु भएको छ ।

प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले उत्तरी वेस्ट बैंकको जेनिन क्षेत्रको मुथलथ अश–शुहादा गाउँका चार दाजुभाइहरूसहित सात पीडितहरू सर्वसाधारण रहेको बताएको छ । यसैबीच, इजरायली सेनाले ड्रोन हमलाको फुटेज जारी गर्दै कम्तीमा ६ जना मारिनेहरू आतङ्ककारी भएको बताएको छ ।

इजरायली सेनाले शनिवार र आईतवारको बीचमा रातभर जेनिनमा छापा मार्दा स्थानीय युवाहरूसँग झडप भएको थियो । अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व शुरु भएदेखि पश्चिम किनारामा हिंसा बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 2 =