इन्डोनेसियाको कारागारबाट ५३ जना बन्दी भागे

इन्डोनेसियाको कारागारबाट ५३ जना बन्दी भागेका छन्।

पूर्वी इन्डोनेसियाको दक्षिणपश्चिम पपुवा प्रान्तको सोरोङमा स्थानीय समय अनुसार बिहान करिब ११ बजे कारागारबाट ५३ जना कैदी भागेको अधिकारीहरूले बताएका छन्।

फरार कैदीहरूलाई पुनः पक्राउ गर्न प्रहरीले सोरोङ शहर बाहिरको नाका बन्द गरेको छ। ‘हामीले भागेका कैदीहरूको तथ्याङ्क सङ्कलन गर्दै सोरोङ शहर, बन्दरगाह र विमानस्थल बाहिरका सडकहरूका नाका पनि बन्द गरेका छौँ’, युदियान्टोले आइतबार भन्नु भएको छ।

युदियान्टोले भागेका कैदीहरू सामान्य अपराध र लागुऔषध मुद्दामा संलग्न रहेको बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =