राष्ट्रिय सभा निर्वाचन

कांग्रेस कार्यसम्पादन समितिको बैठक सानेपामा जारी

काठमाडौं । राष्ट्रिय सभामा पार्टीको भागबन्डामा परेका १० उम्मेदवारको टुंगो लगाउन नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ ।

आन्तरिक छलफल र परामर्शपछि केन्द्रीय कार्यालय सानेपामा कांग्रेसको उम्मेदवार टुंग्याउने कार्यसम्पादन समितिको बैठक शुरू भएको हो ।

बिहान सत्ता गठबन्धनसँगको १० सिटको भागबन्डा मिलेपछि सभापति शेरबहादुर देउवाले डा. शेखर कोइराला र महामन्त्री गगन थापासँग छलफल गरेका थिए । सो छलफलमा देउवाले इतर पक्षलाई ३ सिट दिने बताएका थिए । तर ४ सिटको अडानमा रहेको शेखर गगन पक्षले यो प्रस्ताव अस्वीकार गरिदियो ।

लगत्तै शेखर समूहको छुट्टै बैठकले १० सिटमा ४ सिटमा दाबी नछोड्ने निर्णय गर्दै सानेपाको जारी बैठकमा सहभागी भएको हो ।

११ माघमा हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनको लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + thirteen =