गाँजाको केक बनाएर बिक्री गर्ने विशन अनामनगरबाट पक्राउ

काठमाडौं । लागुऔषध गाँजा मिसाएर केक तयार गरी अनलाइनमार्फत कारोबार गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका २९ घट्टेकुलो बस्ने २६ वर्षीय विशन मानन्धर रहेका छन् ।

उनलाई विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका मानन्धरको साथबाट प्रहरीले गाँजाको धुलो १ सय २१ ग्राम, तयारी अवस्थामा रहेको केकको झोल १७८ ग्राम र गाँजा ३ केजी बरामद गरेको छ ।

प्रहरीका अनुसार उनले आफ्नै घरमा विगत १ वर्षदेखि गाँजा मिसावट गरिएका केकका विभिन्न प्रकारहरू बनाइ अनलाइनमार्फत डेलिभरी गर्दै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =