राप्रपाले राष्ट्रिय सभाको निर्वाचनमा सहकार्यका लागि सत्ता गठबन्धनसँग छलफल गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रियसभा चुनावमा सहकार्यका विषयमा सत्तारुढ गठबन्धनसँग छलफल गर्ने भएको छ। बहुमत रहेको सत्ता गठबन्धनको साथबिना पराजित निश्चित भएकाले पनि छलफल गर्ने भएको हो।

शनिबार बसेको कार्यसम्पादन समितिको बैठकले चुनावमा सहकार्यका विषयमा सत्ता गठबन्धनसँग छलफल गर्ने निर्णय गरेको हो। कार्यबाहक अध्यक्ष तथा राजनीतिक विभाग प्रमुख बुद्धिमान तामाङले सत्ता गठबन्धनसँग छलफल गर्नेछन्।

राप्रपाले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न सातवटै प्रदेश समितिलाई निर्देशन दिएको थियो । प्रदेश समितिले सिफारिस गरेको नाममाथि पार्टीको संसदीय समितिले शनिबार छलफल गरेको थियो ।

त्यसपछि गत वर्षको प्रतिनिधिसभा निर्वाचको समानुपातिकतर्फ उम्मेदवार रहेका नामहरु हटाएर संसदीय समितिले केन्द्रीय कार्यसम्पादन समितिलाई सिफारिस गरेको थियो ।

पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार उम्मेदवारको नाम करिब टुंगो लगाएको छ। ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि २३ पुसमा मनोनयन दर्ताको कार्यतालिका छ। ७ प्रदेशमा हुने चुनावबाट १९ जना राष्ट्रियसभा सदस्य निर्वाचित हुनेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 15 =