चीनद्वारा चार ‘मौसम विज्ञान उपग्रह’ प्रक्षेपण
२०८० पुस २१ गते

एजेन्सी । चीनले शुक्रवार उत्तरपश्चिम चीनको जिउक्वान स्याटलाइट प्रक्षेपण केन्द्रबाट चारवटा मौसम विज्ञान उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ ।
तियानमु–१ मौसमविज्ञान तारामण्डलसँग सम्बन्धित उपग्रहहरू, कुआइझोउ–१ए क्यारियर रकेटद्वारा साँझ ७ः२० मा प्रक्षेपण गरिएको थियो ।
यी उपग्रहरुलाई मुख्यतया व्यावसायिक मौसम डेटा सेवाहरू प्रदान गर्न प्रयोग गरिनेछ ।
२०८० पुस २१ गते
प्रतिक्रिया
सम्बन्धित








