पशुपतिको आरती र दीप प्रज्वलनको भिडियो खिच्न नपाइने भन्ने सूचनाप्रति कोषको आपत्ति

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपति मन्दिर परिसरमा हुने आरती र दीप प्रज्वलनको भिडियो खिच्न नपाइने भन्ने सूचनाप्रति आपत्ति जनाएको छ ।

कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनले शुक्रबार उक्त सूचनाप्रति आपत्ति भएको बताएकी छन् ।

पुनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “बुढासुब्बा डिजिटल प्रालिले पशुपतिनाथ आर्यघाट क्षेत्रको वाग्मती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न सख्त मनाही छ । यहाँ खिचिएका भिडियो सामाग्री फेसबुक, इन्ष्टाग्राम, टिकटक तथा युटुबमा व्यावसायिक प्रयोजनका लागि राखिएको थाहा भएमा डिजिटल कपिराइट ऐनअन्तर्गत कारबाही हुने जानकारी गराउँदछौँ, भन्ने सूचना विभिन्न सामाजिक सञ्जालमा प्रकाशित भएकोप्रति कोषको गम्भीर ध्यानाकर्षण भएको छ ।“

बुढासुब्बा डिजिटल प्रालिले बिहीबार एक सूचनामार्फत आरती र दीप प्रज्वलनको भिडियो खिचेर सामाजिक सञ्जालमा राखे कारबाही हुने जनाएको थियो ।

प्रतिक्रिया

One thought on “पशुपतिको आरती र दीप प्रज्वलनको भिडियो खिच्न नपाइने भन्ने सूचनाप्रति कोषको आपत्ति

  1. हाथ हाथमा सबैको मोबाइल हुने जमाना मा कारवाही हुने भन्ने चेतावनी अलिक मिलेन किन न मिल्ने के कारण हो खुलाई पाऊ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 1 =