हेटौँडाबाट ४ किलो गाँजासहित २ जना पक्राउ

‍‍‍‍‍‍‍‍‍‍‍‍‍मकवानपुर । हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ४ किलोसहित २ जनालाई शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत मोतिहारी बस्ने ३७ वर्षीय जितेन्द्र जैसवाल र ३७ वर्षीय मनोज कुमार रहेका छन् ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले ना.४ ख ५९२२
नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई शरीरमा लुकाई ल्याएको उक्त गाँजासहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =