‘जनकपुरधाम–अयोध्या भार यात्रा’ वीरगन्जबाट अयोध्या प्रस्थान

काठमाडौँ । नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाका लागि वीरगन्जबाट ‘जनकपुरधाम–अयोध्या भार यात्रा’ भारतको अयोध्या प्रस्थान गरेको छ ।

जानकी मन्दिरका महन्त रामरोषण दासको नेतृत्वमा एक टोली राम मन्दिरको प्राण प्रतिष्ठाका लागि भारसहित अयोध्या प्रस्थान गरेको हो ।

जनकपुरधामस्थित जानकी मन्दिरबाट बिहीबार सुरु गरिएको यात्रा राति अबेर वीरगञ्ज पुगेको थियो । आज बिहान उक्त टोली वीरगन्जबाट अयोध्याका लागि प्रस्थान गरेको हो ।

रक्सौलको बाटो भएर गोरखपुर हुँदै आज रातिसम्म अयोध्या पुग्ने लक्ष्य राखिएको छ । राम जन्मभूमि अयोध्यामा ५ सय वर्षको सङ्घर्षपछि राम मन्दिर निर्माण भएको छ । पाहुरमा विभिन्न प्रकारका कपडा, आभूषण, भाडावर्तनका साथै विभिन्न मिठाई तथा पकवानहरू रहेको छ ।

यसका साथै भगवान् रामका लागि चाँदीको धनुष वाण, माता सीताको चरण पादुका लगायतका गरगहना समेत पाहुरमा राखिएको छ । भार यात्रा भारतको बेतिया, कुशीनगर, सिद्धार्थनगर, गोरखपुर हुँदै अयोध्या पुग्नेछ ।

जनवरी २२ तारिखमा भारतको अयोध्यामा निर्माण गरिएको नयाँ मन्दिरमा भगवान् रामको प्रतिमाको पाण प्रतिष्ठा हुने कार्यक्रम रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 4 =