छुट्टछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौँ । कपिलवस्तु नगरपालिका–१० पचेहरास्थित सडकमा लु.२ त ११६४ नम्बरको ट्याक्टरले लु. प ६७४९ नम्बरको मोटरसाइकललाई बिहीबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका–३ बस्ने २३ वर्षीय परदेशी कसौधनको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै बाँके, राप्ती सोनारी गाउँपालिका–४ धामपुरस्थित सडकमा भे.१ ख ४१३६ नम्बरको हाइसको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीय मंगरू थारूको बिहीबार साँझ मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

हाइस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै उदयपुर, त्रियुगा नगरपालिका–११ पिजी चोकमा प्र.१–०५–००१ प ७४३० नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २२ वर्षीय मनोज चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै घाइते भएका मोटरसाइकल चालकलाई सोही अस्पताल हुँदै थप उपचारको लागि न्यूरो अस्पताल विराटनगर रिफर गरिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =